Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेस लोकतन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा : देउवा

Loading

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसित  पार्टी कार्यालय सानेपामा भएको भेटवार्तामा सभापति देउवाले देशलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको स्पस्ट पारे । भेटवार्तामा देउवाले लोकतान्त्रिक पद्दतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष मोगेन्स जोनसनको नेतृत्वमा आएको डेनिस सांसदहरुको प्रतिनिधिमन्डलले कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिकाबारेमा चासो व्यक्त गरेको थियो । सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दूतावास खोल्न पनि आग्रह गरेका थिए ।

यस्तै, सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहित कांग्रेस नेताहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed