Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतीय बिदेशमन्त्री शुष्मा स्वराजद्वारा चुनावी राजनीतिबाट सन्यास घोषणा, आउँदो चुनावमा प्रतिष्पर्धा नगर्ने

Loading

एजेन्सी । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् ।

निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ । सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित सुष्मा स्वराज भारतको विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् ।

भारतको सर्वाेच्च अदालतकी अधिवक्ता समेत रहेकी स्वराज मृगौलासम्बन्धी रोगबाट पीडित छिन् । सन् २०१६ मा मृगौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्यका कारण संन्यासको घोषणा गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed