![]()
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ।


