Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेस मुख्यालय सानेपामा देउवाकै अघि नेबिसंघ नेताहरुबीच झण्डै कुटाकुट

Loading

काठमाडौं । काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेबिसंघमा यतिसम्म तनाव चुलिएको छ कि शनिवार बिद्यार्थी नेताहरुबीच झण्डै कुटाकुटको स्थिति आयो । पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएपछि नेबिसंघका नेता कार्यकर्ता पनि सानेपा पुगेका थिए ।

नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गर्नेक्रममा तनाव उत्पन्न भएको हो । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे ।

त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत राख्ने विद्यार्थीहरुबीच धकेलाधकेल भएको छ । तनावको अवस्था नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed