![]()
एजेन्सी । नेदरल्यान्ड्सले विश्व बिजेता फ्रान्सको अविजित यात्रामा पूर्णविराम लगाएको छ । १५ खेलमा नहारेको फ्रान्सलार्इ यूइएफए नेसन्स लिगको खेलमा नेदरल्यान्ड्सले हरायाे । फ्रान्सविरुद्ध डचले २-० को जित निकालेको हाे ।
समूह ए (१) मा रहेको फ्रान्सको ७ अंक छ भने नेदरल्यान्ड्सको छ अंक छ । एक खेल अगावै एक अंक मात्रै जोडेको जर्मनी रेलिगेसनमा परेको छ ।
समूहको अन्तिम खेलमा नेदरल्यान्ड्स र जर्मनी भिड्ने छन् ।


