Breaking News.... EverestOnlineKhabar
May 1, 2026

छोरीका लागि न्याय खोज्दै धर्ना बसेका निर्मलाका बाउआमा बिरामी

Loading

कञ्चनपुर ।  बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया छोरीका हत्यारालाई कारबाही माग गर्दै धर्नामा बसेका मृतक निर्मला पन्तका आमा–बुवा बिरामी परेका छन् ।

गत आइतबार देखि मृतक पन्तका आफन्त कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा धर्ना बसेका छन्।  निर्मलाका बुवा यज्ञराजलाई ज्वरो आएको र रक्तचाप घटेको छ। आमा दुर्गादेवीको पनि रक्तचाप घटेको माहाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताए। दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed