Breaking News.... EverestOnlineKhabar
May 2, 2026

श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट, बालबाल बचे सभामुख (भिडियोसहित)

Loading

बीबीसी । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच  कुटाकुट भएको छ । संसदले बुधबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा उनका समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि आक्रमणको प्रयास गरेका थिए ।

बिहीबार संसद बैठक सुरु हुनासाथ राजापाक्षेले आफूलाई ध्वनीमतका आधारमा हटाउने अधिकार सभामुखलाई नभएको भन्दै सभामुखको निर्णयको विरोध गरेका थिए । राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्तावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । केही सांसदहरु भने सभामुखविरुद्ध नाराबाजी गर्दै अगाडि बढेका थिए । त्यसक्रममा ३० भन्दा बढी सांसदहरुबीच कुटाकुट भएको  छ ।

राजापाक्षेका समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदि प्रहार गरेपछि सुरक्षाकर्मीले स्थिति सामान्य पारेका थिए । राजापाक्षेका विरोधी सांसदहरुले भने सभामुख कारु जयसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।

गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले नाटकीयरुपमा रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, उनको नियुक्तिलाई लिएर व्यापक विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed