Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं।  नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययनमा नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट पाइएको छ। तीन वटा मोबाइल सेवा प्रदायकबीच प्राधिकरणले गरेको अध्ययनमा सरकारको स्वामित्वको मोबाइल सेवा उत्कृष्ट पाइएको हो।

प्राधिकरणले चारवटा मापदण्ड बनाएर गरेको अध्ययनमा टेलिकमको सेवा उत्कृष्ट पाइएको थियो। प्राधिकरणका अनुसार कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद हुने दर र कल स्थापित नहुने दरको मापदण्ड बनाएर अध्ययन गरेको थियो।

टेलिकमपछि मात्रै निजी सेवा प्रदायक एनसेलको सेवा रहेको पाइएको छ। सबैभन्दा खराबमा स्मार्ट टेलिकमको सेवा रहेको अध्ययनमा देखिएको छ।

प्रतिवेदन अनुसार नेपाल टेलिकमको कल सफलताको दर ९८.२६ प्रतिशत छ। एनसेलको कल सफलताको दर ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत छ। त्यस्तै, नेपाल टेलिकमले कल स्थापित हुन लाग्ने समयको न्यूनतम स्तर ५ सेकेन्ड अथवा सोभन्दा कम तोकेको छ। नेपाल टेलिकमको नेटवर्कमा कल स्थापित हुन ११.४८ सेकेन्ड, एनसेलमा ४.४८ सेकेन्ड र स्मार्ट टेलिकममा १३.७१ सेकेन्ड लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed