Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष पदमा पिताम्बर तिम्सिनाले शपथ लिएका छन्। हालैको मन्त्रिपरिषद्को बैठकले राखेपको सदस्यमा काठमाडौंका तिम्सिनासहित पोखरा राजेश गुरुङ र ओखलढुंगाकी इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरेको थियो।

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले तीनजनालाई मन्त्रालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराए लगत्तै तिम्सिनालाई उपाध्यक्ष पदको सपथ गराएका थिए।

तिम्सिनाले यसअघि पनि २०६६ सालमा परिषद्को उपाध्यक्षका रूपमा काम गरेका थिए। लामा टेण्डी शेर्पाको कार्याकाल सकिएपछि राखेपमा उपाध्यक्ष पद रिक्त रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed