![]()
म्याग्दी । म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेसंगै नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिमा अर्को तातो प्रसंगको खुलासा गरेका छन । दाहालले जनयुद्धका क्रममा एमालेसँग धेरै सहकार्य भएको खुलासा गरेका हुन ।
नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजित कार्यकता प्रशिक्षण भेलामा अध्यक्ष दाहालले जनयुद्ध सुरु भएको पाँच वर्षमै नेकपा एमालेसँग पटक-पटक गोप्य वार्ता भएको स्मरण गर्दै भने,‘जनयुद्धमा पनि एमाले नेताहरुसंग धेरै सहकार्य हुने गरेको थियो।’
कम्युनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एमाले नमानेपछि आफूहरु जनयुद्धमा जानुपरेको अध्यक्ष दाहालको भनाई थियो। तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उल्लेख गर्दै उनले भने ‘ एकता प्रयास अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान गएपछि एकता प्रयास असफल भयो।’


