Breaking News.... EverestOnlineKhabar
May 2, 2026

गणेशमान सिंह प्रजातन्त्रका पीता : उपराष्ट्रपति पुन

Loading

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सर्वमान्य नेता गणेशमान सिंहको भूमिका महत्वपूर्ण भएको बताएका छन् । सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले  काठमाडौंमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रका पिताको रुपमा आफूले स्मरण गरेको बताए ।

गणेशमान सिंह क्रान्तिको कुशल नेतृत्वकर्ता, निष्ठावान र त्यागी नेता भएको उनको भनाइ थियो । उनले गणेशमान सिंहले देखाएको एकता र त्यागको पाठ नेपालका राजनीतिक दलले अनुशरण गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गणेशमानका पुत्र प्रकाशमान सिंहले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने काममा गणेशमान सिंहले पुर्‍याएको योगदानको चर्चा गरे । उनले अहिले पनि प्राप्त राजनीतिक उपलब्धि संस्थागत हुन नसकेको भन्दै दलहरुको कार्यगत एकता आवश्यक रहेकोमा जोड दिए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले गणेशमान सिंहले देखाएको बाटो हिँड्ने संकल्प गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed