![]()
काठमाडौं । प्रहरीले काठमाडौंमा १० लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिव १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।
परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही पनि सुरु गरेको छ । परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए ।


