Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दलहरुलाई मुलुकको आर्थिक समृद्धिको लागि एकजुट भएर अघि बढ्न राष्ट्रपतिको आग्रह

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमख राजनीतिक दलहरुलाई मुलुकको आर्थिक समृद्धिको लागि एकजुट भएर अघि बढ्न आग्रह गरेकी छिन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा दलका नेताहरुसँग शुभकामना आदान–प्रदान गर्न आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । उनले अहिलेसम्मका राजनीतिक परिवर्तन हाँसिल गर्न सबै एकजुट भएको सुनाउँदै  अब आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीच सहमति, सहकार्य र समन्वयको आवश्यकत्ता रहेको औंल्याईन् । उनले भनेकी थिईन्,‘यो कुरालाई तपाईहरुले गम्भीर रुपमा लिनुभएको छ भन्ने मैले विश्वास लिएकी छु।’

शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ, राजपा नेता मनिष सुमन, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलल, कांग्रेस नेताहरु विजयकुमार गच्छदार, दमननाथ ढुंगानागायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed