Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको डिसेम्बर दुई तारिखमा हुने भनिएको विवाहमा बलिउडका कसैलाई निम्तो नभएको बताइएको छ ।

पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण नगरिएको रिपोर्टमा दाबी गरिएको छ ।

प्रियंका र निकको विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होटलमा हुने बताइएको छ भने विवाह अघि आयोजना गरिने संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed