Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पार्टीलाई एक ढिक्का र अर्को निर्वाचनमा एक नम्बर पार्टी बनाएपछि मात्रै बिश्राम लिन्छु : देउवा

Loading

काठमाडौं।   नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।

दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए।

देउवाले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।

काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्न सक्ने बताए। उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको तर्क गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed