![]()
काठमाडौं । भारतलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै बंगलादेश यु–१५ साफ च्याम्पीयनसिपको फाइनलमा पुगेको छ । निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा बंगलादेशका खेलाडी बाजी मार्न सफल भए ।
सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतका पऔंटु लालाराम र प्रत्रि सैलेशको प्रहार बंगलादेशका गोलरक्षकले रोकेका थिए । यसअघि खेलको १७ मिनेटमा भारतले प्रत्रि सैलेशको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफमा लिएको अग्रताले जित नजिक पुगेको भारत अन्तिम समयमा सम्हालिन नसक्दा गोलको शिकार भयो । खेलको इन्जुरी समयमा भारतका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । त्यसपछिको ४ मिनेट दुबै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा गएको थियो ।


