![]()
पोखरा। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ। विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो। विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य वुटबलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको स्थितिमा विराटनगरका बलर किशोर महतोले मेडन ओभर गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। अन्तिम ओभरमा सिद्धान्त लोहनी १५ रनमा रनआउट हुनु बुटवलका लागि दुर्भाग्यपूर्ण सावित भयो।
यसअघि लगातार ३ खेलमा पराजित भएको विराटनगरको पहिलो जित हो। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि लगातार २ खेलमा जित हात पारेको थियो।
बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे। रनआउट हुनुअघि भीमले ५० रन जोडे। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


