Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रधानमन्त्री ओलीलाई अस्पतालमै भेटेर कांग्रेस उपसभापति निधिद्वारा स्वास्थ्य लाभको कामना !

Loading

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।

स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार  अस्पताल पुगेर निधिले आफू र आफ््नो पार्टी नेपाली कांग्रेसका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले कांग्रेस उपसभापति निधिसंग प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले भने‘स्वास्थ्यमा क्रमिक सुधार भएको छ,  उहाँले खाजा पनि राम्रोसंग खानु भएको छ।’

नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिष्ट पार्टीका महासचिब सिताराम याचुरीले पनि भेटेर  प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्थाबारे जानकारी लिदैं स्वास्थ्य लाभको कामना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed