![]()
एजेन्सी । सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू चलचित्र केदारनाथको टिजर सार्वजनिक भएको छ । अभिषेक कपूरको निर्देशन रहेको चलचित्र केदारनाथमा प्राकृतिक विपत्तिसँग जोडिएको प्रेम कहानीलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको टिजर भिडियो शानदार छ । यसमा सारा अली खान, सुशान्त सिंह राजपूतसँग किस सिन दिदै गरेको देखिन्छन् । साराले डेब्यू चलचित्रमै किस सिन दिएकी हुन् । यो चलचित्र लगभग तयार भइसकेको छ । तर केही कुरामा विवाद भएपछि यसको रिलीज डेट पक्का भइसकेको छैन ।

