![]()
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालबाट नभएपछि बैंकक जाने भएका छन् ।
विगत १ वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका मुख्यमन्त्री राई कात्तिक १७ गते बैंकक जान लागेका हुन् । प्रदेश १ को मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको बैंकक भ्रमण स्वीकृत गरेको छ । स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै राईले सरकारको एक पैसा पनि नलिने बताए ।
मुख्यमन्त्री राईमा गर्धन हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् ।


