![]()
बीबीसी । १७७ यात्रु र ११ विमान चालक दलका सदस्य बोकेको इण्डोनेशियाको लायन एयरलाइन्सको विमान समुद्रमा खसेको छ। फ्लाइट जेटी ६१०, फ्लाइट बोइङ्ग ७३७ जकार्ताबाट उडान भर्नासाथै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विमान जकार्ताबाट पंगकलतर्फ पुग्न लाग्दा समुद्रमा खसको हो। उडान भरेको १३ मिनेटमै यसको सम्पर्क टुटेको बताइएको छ। उडान समुद्र पार गर्न लागेको थियो। इन्डोनेसियाका राष्ट्रिय सर्च तथा राहत बचाउ एजेन्सीका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन्। विमानमा एक नवजात शिशु र दुईजना बालबालिका पनि थिए। यस्तै, चालकदलमा दुई पाइलट रहेको जनाइएको छ।


