![]()
जनकपुर । धनुषाकाे एक सामुदायिक विद्यालयले सडकमै पठनपाठन सुरु गरेकाे छ। जनकपुरधाम उप-महा नगरपालिका २१ कुर्थास्थित राजर्षी जनक उच्च माध्यमिक विद्यालयले सडकमा पढाउन सुरु गरेकाे हाे। बैशाख महिनाको पहिलो साता वडाध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षाकोठा र कम्पाउण्ड भत्काउन लगाएका थिए।
६ महिना बितिसक्दा समेत कक्षाकोठा निर्मााण नभएपछि सडकमै कक्षा सञ्चालन गर्न बाध्य भएको विद्यालयका प्राध्यानाध्यापक बीरेन्द्रप्रसाद यादवले बताए। सो विद्यालयका विद्यार्थीले यसअघि भत्किएको कोठामा पठनपाठन गराउदा एकछिन समेत खाली नरहने सडकको धुँलो कोठामा पर्ने र बालबालिकामा रुघाखोकी, आँखा पाक्ने, श्वासप्रवासमा समस्या भोग्दै आएका छन्।
यसरी विद्यार्थीको पढाइ प्रभावित हुँदै आएकोमा विद्यार्थी बाध्य भएर सडकमै पठन- पाठनको माग गरेपछि आफूहरू बाध्य भएर सडकमै अध्ययन अध्यापन गराउन बाध्य भएकोले १२ः ०० बजेको टन्टलापुर घाममा पढाउँदै गरेका शिक्षक भुपेनेश्वर रायले बताए।


