Breaking News.... EverestOnlineKhabar
April 30, 2026

गृहमन्त्रालयमा एसपी बिष्ट र प्रहरी निरीक्षक भट्टको दोस्रो स्पष्टीकरण, चित्त नबुझे ठाडै बर्खास्त हुने

Loading

काठमाडौँ । १३ वर्षीय निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको दोस्रो स्पष्टीकरणसहितको पत्र गृह मन्त्रालयमा पुगेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहिवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको हो। बुधवार मात्र एसपी विष्ट र निरिक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो।

एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तको लागि पत्र लेखेको थियो। गृह सचिव नेतृत्व समितिले दुई पटक सम्म २४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ।

दुईपटक बुझाएको स्पष्टीकरणमामा चित्त नबुझे गृहमन्त्रालयले एसपी विष्ट र भट्टलाई बर्खास्त गर्न सक्ने छ। स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed