Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्णिमाको दिनपनि प्रधानमन्त्री निवासमा टीका लगाउनेको भीड

Loading

काठमाडौं । बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट  विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो ।

बडादशैँको अन्तिम दिन  मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, राजनैतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी करीब २०० जनाले टीका ग्रहण गरेका थिए ।

टीका लगाइदिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ देश विकासमा एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि आआफ्नो ठाउँबाट लागिपर्न सबैमा दशैंँले प्रेरणा मिलोस् भन्ने सबैमा शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed