![]()
रौतहट ।रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका छन्। गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
मेला हेर्न गएकी ति किशोरीलाई घर पुर्याइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीनजना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ।
नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तिछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनैजना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।
आरोपी तीनैजना फरार रहेका छन्।


