Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लेष्टर सीटीलाई हराउँदै आर्सनल अंक तालिकाको चौथो स्थानमा

Loading

बीबीसी । आर्सनलले इङलिस प्रीमियर लिगमा  लेस्टर सिटिलाई ३–१ ले हराएको छ । सबैखाले खेलमा आर्सनलको यो लगातार दशौं जित हो ।
एक–शून्यले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका ओजिलले दोस्रो गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए । तेस्रो गोल पनि ओजिलले नै भूमिका खेलेपछि पहिलो ३० मिनेट लेस्टरको दबाबमा रहेको आर्सनलले उत्कृष्ट पुनरागमन गरेको थियो ।

हेक्टर बेलरिनको आत्मघाती गोलमा लेस्टरले ३१औं मिनेटमा अग्रता लिएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा ओजिलले बराबरी गोल फर्काएका हुन् । ओजिलले बेलरिनसँगको तालमेलमा बराबरी गोल फर्काएका हुन् । ओजिलकै उत्कृष्ट पासमा बेलरिनले बनाइदिएको अवसरलाई पिएरे इमरिक औबमयाङले पोष्टको दिशा दिए । ओजिलले लेस्टरका गोलकिपर कास्पर स्केइमललाई कटाएर दिएको पासमा औबमयाङले अर्को गोल थप्दै आर्सनलको जित पक्का गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed