Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अब मोबाइल एपबाट प्रधानमन्त्रीले मन्त्रीका कामको अनुगमन गर्ने

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल एप मार्फत् मन्त्रीहरूको कामको अनुगमन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले तयार गरेको पोर्टलमा हरेक मन्त्रालयले आफूले गरेको कामको विवरण नियमित रुपमा भर्नुपर्नेछ।

‘ती विवरण प्रधानमन्त्रीको मोबाइलमा रहेको एपमा देखिनेछ। त्यहीबाट प्रधानमन्त्रीले मन्त्री र मन्त्रालयका कामको अनुगमन गर्नुहुनेछ,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले  भने।

मन्त्रालयमा यस्तो विवरण कामको जिम्मेवारी पाएका सहसचिवले पोर्टलमा राख्नेछन्। उक्त प्रगति विवरणको मन्त्रालयका सचिवले मुल्याङ्कन गर्नेछन् भने मन्त्रीले उक्त मुल्याङ्कनबारे टिप्पणी लेख्नेछन्। प्रधानमन्त्रीको सचिवालयले तयार पारेको उक्त पोर्टलमा नीति तथा कार्यक्रम र बजेटमा परेका कार्यक्रमको कार्यनन्वयनको व्यहोरा राखिनेछ।

मन्त्रीहरुले बजेट लगत्तै प्रधानमन्त्रीलाई आ-आफ्नो मन्त्रालयले गर्ने काम र योजनाबारे ब्रिफिङ गरेका थिए। ‘त्यस्ता कार्यक्रममा हरेक साता कति प्रगति भयो भनेर विवरण भर्ने व्यवस्था मिलाइएको हो,’ प्रमुख सल्लाहकार विष्णु रिमालले भने।

‘मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीले आफ्नो मोबाइलमा हेर्नुहुन्छ’, रिमालले भने, ‘मन्त्रीहरुले गरेको टिप्पणी प्रधानमन्त्रीले फलो गर्नुहुन्छ।’

एप निर्माणले मन्त्रीहरुले प्रधानमन्त्रीसँग लगातार भेट्नुपर्ने अवस्थामा कमी आउने र समय बचत हुने रिमालले बताए। एपमा विबरण हेरेपछि मन्त्रालयको कार्य प्रगतिबारे प्रधानमन्त्रीले सामुहिक रुपमा छलफल गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed