![]()
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन्।
बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका छन् भने श्रेष्ठ चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभको कार्यक्रममा भाग लिन त्यसतर्फ लागेका हुन्।
चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन गएका रक्षामन्त्री पोखरेलको भ्रमणका क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ।
साताव्यापी भ्रमणपछि मन्त्री पोखरेल आगामी मंगलवार काठमाडौं फर्किनेछन्। श्रेष्ठ गोञ्जावमा चिनियाँ सरकारको कार्यक्रममा भाग लिएपछि कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा पनि भाग लिने छन्।


