Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ताइवानमा भयानक रेल दुर्घटना, १८ जनाको मृत्यु, १७० भन्दा बढी घाइते

Loading

बीबीसी । ताइवानको उत्तर पूर्वी इलाकामा भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने एक सय ७० घाइते भएका छन् । रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए ।

ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीले जानकारी दिएका छन् । दुर्घटना ताइपेबाट करिब ७० किलोमिटर टाढा पुयूमा एक्सप्रेसमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed