Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित  पाँच जनालाई पक्राउ गरेको हो।

कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, पर्सा घर भइ जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौंका विकास दोचे छन्।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजार का तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिन् १२ थान र नक्कली एनआसी बैंकको चेक बुक बरामद गरेको छ।

उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले सेतोपाटीलाई जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed