Breaking News.... EverestOnlineKhabar
May 2, 2026

म्यानचेष्टर युनाइटेडद्वारा बर्नली ५–० ले पराजित

Loading

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले हराएको हो । १७ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै पेप गार्डिवलाको टिम सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले थप चार गोल गरेको हो । ५४ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । ५६ औँ मिनेटमा फरनान्डिन्हो, ८३ औँ मिनेटमा रियाद महरेज तथा ९० औँ मिनेटमा लिरोय सानेले गोल गरेपछि म्यानचेस्टर सिटी ५–० ले विजयी भएको हो ।

जितपछि शीर्ष स्थानको सिटीको ९ खेलबाट २३ अंक भएको छ । राति नै भएको अर्को खेलमा कार्डिफले फुलह्यामलाई ४–२ तथा वाट्फोर्डले वुल्भ्सलाई २–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed