![]()
एजेन्सी । मोहम्मद सालहको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले हडर्ल्सफिल्ड टाउनलाई १–० ले हराएको हो । लिभरपुलको जितका लागि २४ औँ मिनेटमा सालहले गरेको गोल नै निर्णयक बन्यो ।
दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी कायम गर्न सक्यो । उसको ९ खेलबाट म्यानचेस्टर सिटीको जस्तै २३ अंक भएको छ । अर्को खेलमा टोटनह्यामले वेष्ट ह्यामलाई १–० ले नै हराएको छ । ४४ औँ मिनेटमा लामेलाको गोलबाट टोटनह्यामले महत्वपूर्ण जित निकालेको हो ।
९ खेलबाट २१ अंकसहित टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । अरु खेलमा ब्राइटनले न्युक्यासललाई १–० ले हरायो भने बोर्नमाउथ र साउथह्याम्पटनले गोलरहित बराबरी खेले ।


