Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । मोहम्मद सालहको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल  महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले हडर्ल्सफिल्ड टाउनलाई १–० ले हराएको हो ।  लिभरपुलको जितका लागि २४ औँ मिनेटमा सालहले गरेको गोल नै निर्णयक बन्यो ।

दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी कायम गर्न सक्यो । उसको ९ खेलबाट म्यानचेस्टर सिटीको जस्तै २३ अंक भएको छ । अर्को खेलमा टोटनह्यामले वेष्ट ह्यामलाई १–० ले नै हराएको छ । ४४ औँ मिनेटमा लामेलाको गोलबाट टोटनह्यामले महत्वपूर्ण जित निकालेको हो ।

९ खेलबाट २१ अंकसहित टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । अरु खेलमा ब्राइटनले न्युक्यासललाई १–० ले हरायो भने बोर्नमाउथ र साउथह्याम्पटनले गोलरहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed