Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण एवं रणवीर कपूरका पूर्वम्यानेजरले आत्महत्या प्रयास गरेका छन्। सेलिब्रेटी म्यानेजर एजेन्सी (क्वान)का सहसंस्थापकसमेत अनिर्बान ब्लाहले यौन शोषणको आरोप लगेपछि  आत्महत्याको प्रयास गरेका हुन्।

अनिर्बानलाई मिटू अभियानअन्तर्गत चारजना महिलाहरूले यौन शोषणको गम्भीर आरोप लगाएका थिए, जसका कारण उनले आफ्नो जागिर पनि गुमाएका थिए । अनिर्बानले शुक्रबार एक बजे वाशी क्षेत्रमा आत्महत्याको प्रयास गरेका थिए। तर सोही समय ट्राफिक प्रहरीले घटनास्थलमा पुगेर उनलाई बचाएका थिए।

ट्राफिक प्रहरीका अनुसार अनिर्बानले आत्महत्या गर्ने भन्ने सूचना पहिला नै प्रहरीसम्म पुगेको थियो। सूचनाका आधारमा वाशी ट्राफिक प्रहरीले अनिर्बानलाई बचाउनका वाशी पुल क्षेत्रमा पहिले नै जाल बिछ्याएको थियो। अनिर्बान पुलको डिलमा चढ्नै लाग्दा प्रहरीले बचाएको हो। त्यसपछि उनलाई प्रहरी कार्यालयमा लगी सोधपुछ गरिएको थियो। उनले बयानका क्रममा मिटू अभियानका कारण आफू तनावमा रहेको बताएको भारतीय सञ्चार माध्यमले बताएका छन्।

प्रहरीले सोधपुछपछि अनिर्बानलाई परिवारको जिम्मा लगाएको थियो। अनिर्बानको संस्था क्वानले भारतीय नाम चलेका कलाकारहरू रणवीर कपूर, दीपिका पादुकोण, रितिक रोशन, टाइगर श्राप, सोनम कपूर, सद्धा कपूर, जैकलिन फर्नान्डिजलगायतलाई आफ्नो सेवा दिँदै आएको थियो। अनिर्बानमाथि चारजना महिलाले यौन शोषणको गम्भीर आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed