Breaking News.... EverestOnlineKhabar
May 2, 2026

चीन चन्द्रमा बनाउँदै, ८० किलोमिटर क्षेत्रमा उज्यालो हुने

Loading

एजेन्सी । चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८  गुणा ज्यादा चमकदार हुनेछ।

सडक बत्तीको विकल्प  

चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डका अनुसार कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुनेछ। यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ।

वुका अनुसार कृत्रिम चन्द्रमाबाट ८० किलोमिटर क्षेत्रमा उज्यालो पुग्नेछ। योजना असम्भव जस्तो लाग्नेबारे सोधिँदा वुले भने, ‘हामीले प्रविधिमा लामो समयदेखि काम गरिरहेका छौँ, अब यो परियोजना अन्तिम चरणमा पुगेको छ।’

मानिसलाई चिन्ता

कृत्रिम चन्द्रमालाई लिएर केही विज्ञ र सर्वसाधारणले भने चिन्ता जनाएका छन्। उनीहरूले यसको उज्यालोले जनावरमा नराम्रो असर पर्ने जिकिर गरेका छन्।

उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

पहिले पनि यस्तो कोशिश

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिश भएको थियो । तर यस्तो योजना असफल भएको थियो। यस्तो प्रयास  सबैभन्दा पछिल्लो पटक रूसले सन् २०१७ मा गरेको थियो।

१४ जुलाई २०१७ मा रूसले कजाकिस्तानको  ब्याकोनुर स्पेसपोर्टबाट अन्तरिक्षमा सोयुज रकेटबाट एक बस्तु पठाएको थियो।

यस बस्तुलाई चन्द्रमापछि सबैभन्दा चम्किलो भनिएको थियो। तर एक महिनामा नै यस परियोजनामा जोडिएका वैज्ञानिकले अन्तरीक्ष कक्षमा स्थापित हुन नसक्दा परियोजना बिफल भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed