Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । हिन्दूहरूको महान् चाड बडादशैँको टीका शुक्रवार बिहान नौ बजेर ५१ मिनेटमा रहेको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले सो समयलाई टीकाका लागि उत्तम साइत भनेर जानकारी दिए पनि टीका लगाउने क्रम पाँच दिनसम्म चल्नेछ

यी पाँचै दिन आफूभन्दा ठूलाको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ । घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा र टीका दुर्गालाई चढाएपछि मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ ।

दशैँको टीकामा समृद्धिको प्रतीकको रूपमा रहेको जमराको प्रयोग गर्ने चलनअनुसार अन्य फूलको प्रयोग नगरिएको विश्वास गरिन्छ ।

आपसी भ्रातृत्व, सद्भाव प्रेमको रूपमा लिइने दशैँलाई पछिल्लो चरणमा टाढाटाढा रहेको परिवारको मिलनको रूपमा पनि लिन थालिएको छ । यसैकारण मान्यजनको आशीर्वाद र पारिवारिक मिलनका लागि देश–विदेशबाट परिवारका सबे सदस्य एकै ठाउँ भेला भएर मान्यजनबाट टीका लगाउने प्रचलन छ ।

कोजाग्रत पूर्णिमाको दिन विधिवत रूपमा टीका समापन गरी दशैँ बिदा गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed