Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मिटरमा नहिंड्ने ट्याक्शीलाई सरकारले कारवाही गर्ने

Loading

काठमाडाैं।  विजयादशमीको बिदाको समयमा काठमाडाैं उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। दशैंका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो।

सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

त्यसैगरी उक्त बैठकले काठमाडौँ उपत्यकामा पहिचान भएका ६६ वटा ‘रुट’मा निर्धारित बिसौनीमा मात्र यात्रीलाई चढाउन, ओराल्न तथा फोहरको समुचित व्यवस्थापन गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed