Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी ।  बलिउडमा अभिनेत्रीहरु दिनप्रतिदिन आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टका विषयमा खुल्न थालेका छन्। ह्यारेसमेन्टका विषयमा बोल्ने अभिनेत्री तनुश्री दत्तलाई प्रियांका चोपडादेखि फरान अख्तरले पनि साथ दिए। हालै अभिनेत्री सुस्मिता सेनले पनि यस मुभमेन्टबारे बोलेकी छिन्। मुभमेन्टले बलिउड भित्र ह्यारेसमेन्ट गर्ने राक्षसका विरुद्धमा बोल्ने हौसला दिएको उनले जनाइन्। उनी मुभमेन्टसँग खुसी पनि छिन्।

उनले भनेकी छिन् ‘कोहि एकजनाले कसैलाई आरोप लगाउँदा प्रश्न उठ्नु सामान्य हो। तर, ५० जनाले एउटैलाई आरोप लगाउँदा, त्यहाँ अवस्य सत्यता हुन्छ।’ उनले मि टु अभियानको पक्षमा आफ्नो धारणा राखेकी हुन्।

अहिलेसम्म अभिनेता नाना पाटेकर, साजिद खान, करिम मोरानी,आलोक नाथ, कैलाश खैरलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed