Breaking News.... EverestOnlineKhabar
May 2, 2026

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

Loading

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीका दिन  पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।   काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरिन् । उनी विहान ९ः३५ बजे भगवती मन्दिर पुगेकी थिइन् । राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेको यो दोस्रोपटक हो । उनीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी भए ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए ।

सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed