![]()
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको छ । साउदी अरेबियामा भएको खेलमा नेइमारसहितको ब्राजिलले अर्जेन्टिनालाई १–० ले हराएको हो ।
लियोनल मेस्सीसहितका स्टार खेलाडी बिनाको अर्जेन्टिनामाथि जित निकाल्न नेइमार, फिलिप कोन्टिन्हो, रोबर्टो फिरमिनोसहितका स्टार खेलाडी युक्त ब्राजिललाई अन्त्यसम्म संघर्ष गुर्न परेको हो ।
ब्राजिलको जितमा इन्जुरी समयको तेस्रो मिनेटमा मिराण्डाले गरेको गोल निर्णायक बन्यो । नेइमार, कोन्टिन्हो, फिरमिनोसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए तर निराश बने ।


