![]()
एजेन्सी । विश्व विजेता फ्रान्सले जर्मनीमाथि महत्वपूर्ण जित दर्ता गरेको छ । तीन महिनाअघि रुसमा सम्पन्न विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सले त्यो भन्दा अघिल्लो अर्थात सन् २०१४ को विश्वकपमा उपाधि उचालेको जर्मनीमाथि जित निकालेको हो ।
युइएफएको नयाँ प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत समूह ए वानमा रहेको फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्किएको हो । १४ औँ मिनेटमा पाएको पेनाल्टीमा टोनी क्रसले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा फ्रान्स खेल मा फर्कियो । उसका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । ६२ औँ मिनेटमा ग्रिजम्यानले फ्रान्सका लागि बराबरी गोल फर्काए । ८० औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ग्रिजम्यानले फ्रान्सलाई २–१ को महत्वपूर्ण जित दिलाएका हुन् ।


