Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । कुनैबेलाका प्रेमी प्रेमिका ऋतिक रोशन र कंगनाको सम्बन्ध दुश्मनीमा परिणत भएको छ । ‘मि टु’ आतंकले सिंगै बलिउड तातेको बेला कंगनाले ऋतिकको नाम लिएकी हुन् । उनले एक अन्तरवार्तामा ऋतिकलाई बलिउडबाटै बहिष्कार गर्नसमेत आग्रह गरिन् ।

कंगना भन्छिन्, ‘ह्यारेसमेन्ट भनेको शारीरिक मात्रै हुँदैन मानसिक पनि हुन्छ । घरमा श्रीमती हुँदाहुँदै कुनै तरुनी केटीलाई विभिन्न प्रलोभन देखाएर शारीरिक सम्वन्ध राख्नु र पछि पागलको संज्ञा दिनु पनि एक किसिमको ह्यारेसमेन्ट हो । यस्ता व्यक्तिहरुलाई पनि इन्डष्ट्रीबाट सफाइ गर्नुपर्छ ।’

 कंगनाले भनिन्, ‘ म ऋतिक रोशनकै कुरा गर्दैछु । उनीसँग कसैले पनि काम गर्नु हुँदैन ।’

कंगनाले निर्देशक बिकास बहलमाथि पनि यौनशोषणको आरोप लगाएकी छन् । उनले फिल्म ‘क्वीन’ मा काम गर्दा उनी आफूसित अनावश्यकरुपमा नजिकिन खोजेको र कपालमा घुसि्रने गरेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed