Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

गोरखा  । काठमाडौंको हनुमानढोका दरबारमा भित्रउनका लागि यो वर्ष पनि गोरखाबाट फूलपाती लगिएको छ । गोरखा दरबारबाट मंगलबार बिहान ९ बजे बोलेरो जिपमा राखेर फूलपाती काठमाडौं ल्याइएको हो ।

फूलपातीको डोली बोकेर गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले काठमाडौं लैजाने जिपमा राखेका थिए । नेपाल एकीकरणपछि काठमाडौंलाई राजधानी बनाइएसँगै हरेक बडादसैंमा गोरखाबाट फूलपाती काठमाडौं लैजाने चलन सुरु भएको हो ।

पहिले–पहिले गोरखाबाट बोकेर धादिङको जीवनपुर हुँदै पैदलयात्राबाटै फूलपाती काठमाडौं लैजाने गरिन्थ्यो । तर, सडक निर्माणसँगै फूलपाती गोरखा दरबारबाट यातायतको साधनमै राखेर काठमाडौं लैजान थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed