Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । राहम स्टर्लिङको दुई गोलसँगै इंग्ल्याण्डले स्पेनमाथि कीर्तिमानी जित हात पारेको छ । नेसन्स लिग अन्तरगत भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो जित हो ।

सेभियामा भएको खेलमा इंग्ल्याण्डले १६ औं मिनेटमा नै स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा रासफर्डले गोल गरे भने ३८ औं मिनेटमा स्टर्लिङले दोस्रो गोल गरेपछि इंग्ल्याण्ड पहिलो हाफमा ३–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा स्पेनले पुनरागमनको प्रयास ग¥यो तर, हार टार्न पर्याप्त भएन । उसका पाको अलासरले ५८ औं मिनेटमा गोल गरे . इन्ज’री टाइममा सर्जिओ सामोसले गोल गरेपनि स्पेनको हार टरेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed