Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले खेल तालिका सार्वजनिक गरेको हो ।  कर्तिक ९ गते हुने उद्घाटन खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै हुनेछ । दोस्रो दिन अक्टोबर २७ तारिखमा दुई खेल आयोजना हुने छ । पहिलो खेलमा चितवन राइनोजले बुटवल ब्लास्टरसँग प्रतिस्पर्धा गर्ने छ भने यही दिनको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्नेछ ।

पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ६ टिमको सहभागिता हुने पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed