![]()
एजेन्सी । फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ ।
शोधकर्ता ट्राभिस आर्मेन्डीका अनुसार मात्र एक कलबाट ह्वाट्सएप ह्याक हुने कुरा निकै गम्भीर हो । अझ यस्तो संवेदनशील विषयमा ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै जानकारी नै नगराउनु झनै गम्भीर रहेको शोधकर्ताहरुको टिप्पणी छ ।


