Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरू भत्किएका छन्।आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ।

अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरूले बताएका छन्। कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरू बन्द भएका र मानिसहरू घरभित्रै रहेका छन्। त्यस्तै उक्त क्षेत्रमा सञ्चालित रेल सेवामा पनि अवरोध पुगेको सरकारी अधिकारीले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोन्कोसका सडकहरूमा ६ फिटभन्दा बढी पानी जमेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed