![]()
काठमाडौं । नेपाल ग्यास विक्रेता महासंघले दशै-तिहारमा खाना पकाउने ग्यासको अभाव नहुने बताएको छ । बडादशैंको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा महासंघ अध्यक्ष महेश्वर श्रेष्ठले दशैं तिहारमा ग्यास अभाव नहुने बताए ।
उनका अनुसार महासंघको प्रमुख मुद्दा डिलर प्रमाणीकरण र कमिसन वृद्धि हो । यो माग पूरा नभए दशैंतिहारपछि भने ग्यास आपूर्तिमा अवरोध हुन सक्ने बताए ।


