Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने : बाबुराम

Loading

गोरखा ।  नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको लक्षण गतिलो नेदेखिएको बताएका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने बताए।

राजनीतिक दल र नेतृत्व रुपान्तरण हुन तयार नहुँदा दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल बनेर अलपत्र भएर बसेको भट्टराईको आरोप छ। सरकारले विकास र समृद्घिको न्यूनतम कुराहरु पनि गर्न नसकेको उनले बताए।

विकास निर्माणमा दलीय घेरामा बाँढिन नहुने उनले बताए। व्यक्ति वा निजी क्षेत्रले गर्ने काम राज्यले गर्ने अनि राज्यले गर्ने काम निजी क्षेत्रले गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै राज्य र निजी क्षेत्रको भूमिका छुट्टायाउनुपर्ने भट्टराईले बताए।

संघीयता कार्यान्वनमा जाँदा केन्द्रमा रहेको अधिकार स्थानीय तहसम्म नपुगेको गुनासो बढेको भन्दै यसको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने संयोजक भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed