![]()
एजेन्सी । आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै घटना सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहँदा यसमा सामेल भएकी छन् पुनम पान्डे । कसैले पत्याओस वा नपत्याओस, पुनमले पनि आफूमाथि फिल्मको सुटिङका क्रममा प्रौढ अभिनेताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।
पुनम स्वयम् चरित्रहिन रहेको आरोप लाग्ने गरेको छ । उनी सामाजिक सञ्जालमा आफ्ना अर्धनग्न तस्वीरहरु सार्वजनिक गरिरहन्छिन् । चर्चाका लागि जेसुकै हर्कत गर्न तयार हुने पुनमले शक्ति कपुरमाथि लगाएको आरोप पनि एउटा फन्डा हुन सक्ने कतिपयको आशंका छ ।
शक्ति कपुर पनि सही नियतका मान्छे भने होइनन् । उनले अभिनेत्रीहरुमाथि गलत नजर लगाउने गरेको बारम्बार सार्वजनिक हुने गरेको छ ।


